कुनैपनि हालतमा संशोधन पारित हुन दिन्नौ– ओली

काठमाडौ । फागुन १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिने चेतावनी दिनुभएको छ ।
राजधानीमा पत्रकारहरुसँग बुधवार अन्तर्कृया गर्दै एमाले अध्यक्ष ओलीले पहाड र तराइ छुट्याउने तथा संविधान विरोधी समेत भएकोले विधेयक पारित हुने सम्भावनै नरहेको टिप्पणी गर्नुभयो ।
उहाँले स्थानीय निर्वाचनको वातावरण बनाउन र एमालेमाथि लागेको मधेश विरोधी भन्ने आरोप चिर्न मेचीमहाकाली अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।
गृहमन्त्री विमलेन्द्र नीधिप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले अभियानमा कुनै अप्रिय घटनाभए गृहमन्त्रीले जिम्मा लिनुपर्ने चेतावनी पनि दिनुभयो ।
पृथ्वीनारायण शाहले थालेको नेपाल एकिकरण अभियान एमालेले पुरा गर्ने उहाको दावी थियो । एमालेले यहि फागुन २१ गतेबाट मेची-महाकाली राष्ट्रिय अभियान शुरु गर्न लागेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.