तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौ । फागुन १८ । प्रहरी महानिरीक्षक नियुक्तिका बिषयमा सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेपछि त्यविरुद्ध परेको रिटको सुनवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय लागू नगर्न तथा नगराउन दिएको अन्तरकालीन अादेशलाई निरन्तरता दिएको हो। सर्वोच्चको आदेशसँगै महानिरिक्षकको फैसला पनि लम्विएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबाहदुर केसीको संयुक्त इजलाशले बुधबार लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको हो । सरकारबाट लिखित जवाफ आएपछि पूर्ण सुनुवाईका लागि फाइल पेस गर्ने सर्वोच्च अदालतले जनाएको छ ।
सरकारले फागुन १ गते तेश्रो बरियतामा रहेका डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्ति गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.