नेपालमा लगानीका लागि १४ खर्ब भन्दा बढीको प्रतिबद्धता

बुटवल । फागुन २१ । नेपालमा लगानीका लागि १४ खर्ब भन्दा बढीको प्रतिबद्धता आएको छ । दुइ दिने लगानी सम्मेलनको समापनमा त्यस्तो प्रतिवद्धता आएको सरकारले जनाएको छ । सम्मेलनअघि सरकारले ४ खर्ब जतिको लगानीको प्रतिबद्धता आउने अनुमान गरेको थियो । तर सबैभन्दा धेरै चीन एक्लैले नेपालमा ८ खर्ब ८८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै बंगलादेशबाट २ खर्ब ५६ अर्ब, बेलायतबाट १ खर्व र जापानबाट पनि १ खर्बको प्रतिवद्धता आएको उद्योग मन्त्रालयले जनाएको छ। यस्तै श्रीलंकाबाट ५३ अर्ब र भारतबाट ३१ अर्बको प्रतिबद्धता आएको छ । लगानीको प्रतिवद्धताले सरकार उत्साही भएको छ । दुइ दिने सम्मेलन शुक्रवार सकिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.