साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि रेडकर्नर नोटिस जारी

काठमाडौ । फागुन २२ । प्रहरीले साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि रेडकर्नर नोटिस जारी गरेको छ। मुख्य अभियुक्त खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको भन्दै सिआइबीले आइतवार पत्रकार सम्मेलन गरेको र इन्टरपोल मार्फत उनीहरुको खोजी हुने प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा सिआइबीका डिआइजी नवराज सिलवालले उनीहरु सबै दुबइमा रहेको खुलाए। रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का सहित अन्यमा गुप्तलाल भुसाल, अर्जुनप्रसाद खरेल, राजनप्रसाद पन्त र रञ्जन पन्त रहेको पनि प्रहरीको दावी छ । गत पुस २१ गते दुबईबाट काठमाडौं आउँदै गरेका बाँकेका गोपालबहादुर शाही साढे ३३ किलो सुनसहित पक्राउ परेका थिए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.