एमालेको मेची-महाकाली अभियान जारी

काठमाडौ । फागुन २२ । निर्वाचनको वातावरण बनाउन र संविधान कार्यान्वयनमा दबाब दिन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुरु गरेको मेची-महाकाली अभियान दोश्रो दिन विराटनगर र इटहरीमा पुगेको छ । झापाबाट शनिवारदेखि शुरु भएको अभियानको दोश्रो दिन बिराटनगरमा केपी शर्मा ओली र इटहरीमा माधव नेपालले सम्वोधन गरेका हुन । उनीहरुले एमालेले देश र जनताको पक्षमा काम गर्ने र निर्वाचन मार्फत मुलुकलाई अघि बढाउनुपर्नेमा जोडदिए । एमालेल आइतवार १ नम्वर प्रदेश सकेर सोमवार २ नम्वर प्रदेशमा अभियान गर्नेछ । यसैबीच एमालेको अभियान बिथोल्न मधेशी मोर्चाले राजविराजमा विरोध गर्दै सोमवार २ नम्वर प्रदेश बन्द आव्हान गरेको छ । मोर्चाको विरोधपछि एमालेले राजविराजको कार्यक्रम स्थल परिवर्तन गरेर केहीपर गजेन्द्रनारायणसिह औद्योगीक क्षेत्रमा राखेको छ । तर कसैको दवावले कार्यक्रम नरोक्ने एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो । राष्ट्रिय एकताका लागि भन्दै सुरु गरिएको अभियानका क्रममा एमालेले तराईका ३३ स्थानमा आमसभा गर्दै छ । १५ दिने अभियान चैत ५ गते सुर्खेत पुगी समापन हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.