नयाँ शक्तिमा कलाकारहरुको आकर्षण

२३ फागुन । काठमाडौं – नयाँ शक्तिप्रति कलाकारहरुको आकर्षण बढ्दै गएको छ । आइतबार राजधानीमा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग एवं समृद्धि सांस्कृतिक अभियानले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमबाट नायक प्रज्ज्वल गिरीको नेतृत्वमा १९३ जना कलाकारहरु र रोल्पाका कलाकार देवीराम राना मगरको नेतृत्वमा ३० जना गरी २ सय २३ जना कलाकारहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने कलाकारहरुमा सुरज महर, दिनेश सिंह ठकुरी, कुसुम लामा, संगीता खड्का, अमृता नेपाल, नन्द घर्तीमगर, तलसा घर्तीमगर, राधा रानामगर, दिपक विक, दर्सना तिरुवा, जेनी राना, मिलन आलेमगरलगायत २ सय २३ जना रहेका छन् ।
नवप्रवेशी कलाकारहरुलाई स्वागत गर्दै नयाा शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकारहरु देशको विकास र समृद्धिका सहयात्री भएकोले कलाकारहरुलाई कलाकारिताको माध्यमबाट समृद्धिमा जुट्न आग्रह गर्नुभयो ।
‘समृद्धि भनेको आर्थिक विकास मात्र होइन, आत्मीक एवं मानसिक सुख पनि हो’, संयोजक भट्टराईले भन्नुभयो -‘कलाकारले मानिसमा रहेको सौन्दर्य चेतलाई उजागर गर्छ, यस अर्थमा कलाकार देशको समृद्धिका लागि अभिन्न अंग हुन् ।’
उहाँले देशका कुनाकाप्चामा अदृष्य रुपमा रहेका कलाकारहरुको प्रतिभा उजागर गर्दै विश्वसामु चिनाउन पनि कलाकारहरुलाई आग्रह गर्नुभयो । देशको आर्थिक विकास र समृद्धिको साथसाथै समावेशिताको मुद्दालाई पनि सहि ढंगबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउादै संयोजक भट्टराईले सबै जातीय र भाषिक समुदायहरुको संस्कार र संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सम्मान र प्रवर्द्धनमा कलाकारहरुलाई महत्वपूर्ण भूमिका निर्वाह गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नयाँ शक्तिका सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धरले पारम्परिक राजनीतिमा कलाकारहरुलाई गहनाको रुपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टि जनाउादै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताउनुभयो । उहाँले नयाँ शक्तिले सांस्कृतिक क्षेत्रलाई महत्वपूर्ण अंगको रुपमा ग्रहण गरेकोसमेत बताउनुभयो ।
नवप्रवेशी कलाकार प्रज्ज्वल गिरीले नयाँ शक्तिले लिएको आर्थिक विकास र समृद्धिप्रति ऐक्यबद्धता जनाउादै देशको समृद्धिको चाहना पूरा गर्न आफूहरु पार्टीमा एकताबद्ध भएको जनाउनुभयो ।
कार्यक्रममा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा, प्रवास संयोजक नवराज सुवेदी, आंगिक संगठन प्रमुख कुमार पौडेल, ४ नं. प्रदेश संयोजक बलावती शर्मा, १ नं. प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.