२ नम्वर प्रदेशमा अलोकतान्त्रिक अवरोध छिचोल्दै एमालेको सानदार अभियान

बुटवल । फागुन २३ । नेकपा एमालेले मेची महाकाली अभियान अन्तर्गत प्रदेश नम्वर २ मा सभा गरेको छ । इनरुवाको आमसभालाई एमाले मधेसी नेताहरुले सम्वोधन गरेका थिए । अभियानलाई असफल पार्ने उद्देश्यले मधेशी मोर्चाले गरेको प्रयास विफल भएपछि एमालेले सफलतापुर्वक अभियान र सभाहरु गरेको हो । इनवरुवामा भएको आमसभा सकेर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक प्रतिष्ठानको सभामा हिडेका एमालेका नेता कार्यकर्तालाइ मोर्चाले अवरोध गर्न खोजेको थियो । त्यसक्रममा सुनसरीको लौकिमा सामान्य झडप समेत भएको थियो । झडपमा मोर्चाका कार्यकर्ताले मेची महाकाली अभियानको एउटा गाडी तोडफोड गरेका छन् । झडपमा उत्रेका मध्ये गाडी तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले मधेसी मोर्चाका पाँच जना कार्यकर्तालाई प्रक्राउ गरेको छ ।
झुम्कामा संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले अभियानका कार्यकर्ता चढेको गाडीमा आफ्नै जुत्ता फुकालेर हानेकी थिइन । एमालेको सभास्थल नजिकै भेटिएको संशास्पद बस्तु पनि फेला परेको थियो ।
एमालेको अभियान विथोल्न मोर्चाका नेता तथा कार्यकर्ता लाठी सहित विहानै देखि प्रदर्शनमा उत्रिएपछि सुरक्षा ब्यवस्था कडा बनाइएको थियो । २ नम्वर प्रदेशका सभाका अवसरमा एमाले नेताहरुले निर्वाचनको वातावरण बनाउन र संविधान कार्यान्वयनका लागि सबै समुदाय एकजुट भएर अघि बढ्नुपर्ने भन्दै राष्ट्रिय एकताका पक्षमा सवै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमाले मधेस विरोधी नभएको नेताहरुको भनाइ थियो ।
संविधान कार्यान्वयन र निर्वाचनको मोहोल बनाउन भन्दै काँकडभिट्टाबाट शनिवार सुरु भएको अभियानको दोस्रो दिन आइतवार मोरङको विराट चोक र सुनसरीको इटहरीमा आमसभा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.