बुटवल । फागुन २४ । ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको नवौं सम्मेलन काठमाडौंमा सुरु भएको छ । बैंकिङ क्षेत्रको उपलब्धि र चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले शुरु भएको सम्मेलन तीन दिन सम्म चल्ने छ ।
सम्मेलनमा दक्षिण-पूर्वी एसियाले प्राप्त गरेको बैंकिङ उपलब्धि र चुनौतीका विषमा छलफल हुने बताइएको छ । एनएमबी बैंकले आयोजना गरेको सम्मेलनमा एसिया, अस्ट्रेलिया, ल्याटिन अमेरिका, अफ्रिका, उत्तर अमेरिका र युरोपका २८ राष्ट्रका ४३ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता छ ।