नया शक्ति र लोकतान्त्रिक मञ्चबीच ध्रुवीकरण

२४ फागुन, २०७३ .काठमाडौं – नया शक्ति पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबिच ध्रुवीकरण भएको छ । मंगलबार नयाा शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित ध्रुवीकरण सभाबिच नयाा शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवी प्रसाद ओझाले संयुक्त वक्तव्य जारी गरी ध्रुवीकरणको घोषणा गर्नुभएको हो ।
‘नयाा शक्ति पार्टी नेपाल र राष्ट्रिय लोकतान्त्रिक मञ्चका प्रतिनिधिकाबिच मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक अवस्थाबारे विचार विमर्श भयो । कतिपय सवालमा रहेका मतभिन्नताहरुलाई पार्टी पद्धति र प्रक्रियाभित्र छलफल र बहस गर्दै निर्मित विषयलाई प्रभावकारी ढंगले पालना र कार्यान्वयन गर्ने स्वीकृत मान्यतालाई आत्मसात गरी मुलुकको प्रगति र समृद्धिका लागि नयाा शक्तिमा राष्ट्रिय लोकतान्त्रिक मञ्च ध्रुवीकरण हुने सहमति गरियो’ – संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
नयाा शक्तिमा प्रवेश गर्नेहरुमा मञ्चका केन्द्रीय कार्यसमिति सदस्यहरु धनानाथ ओझा, प्रा. डा. विदुर प्रसाद उपाध्याय, डा. गोविन्द प्रसाद ओझा, डा. रामदेव प्रसाद शाह, टुंग राज पाठक, गोपाल श्रेष्ठ, यादव प्रसाद पाण्डे, अम्बिका उपाध्याय, विष्णु प्रसाद घिमिरे -ध्रुव), विप्लव ओझा, नरेन्द्रराज पाठक, वेद प्रसाद घिमिरे, हेमराज काफ्ले , किशोर ओझा, मणिराम भण्डारी, नसार अहम्मद, सरिता खतिवडा, राम नारयण पासवान, लक्ष्मी राजवंशी, सरस्वती सिवाकोटी, कृष्ण रिजाल, सबिता पोखरेल, भिम आचार्य, शम्भु प्रसाद गौतम, गणेश ओझालगायत बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ताहरु रहेका छन् ।
नयाा शक्तिमा प्रवेश गर्ने लोकतान्त्रिक मञ्चका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै नयाा शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाा शक्तिको यात्रा नाम्चे बजारसम्म पुग्न लागेको बताउादै अब यो यात्रा सगरमाथासम्म चुचुरोसम्म पुग्ने बताउनुभयो ।
नयाा शक्ति युगले सिर्जना गरेको आवश्यकता भएकोले नयाा शक्ति सबैलाई जोडेर जगैदेखि नयाा स्वरुपमा सुरु भएको हुनाले यो यात्रा अविराम अघि बढ्ने दाबी गनर्ुुभयो । उहााले पार्टीको महाधिवेशन नभएसम्म सबै अभियन्ताहरुको हैसियत र सम्मान बराबर रहने, जिम्मेवारी मात्र फरक हुने बताउादै ध्रुवीकृत हुने सबैलाई क्षमता अनुसार उचित जिम्मेवारी र सम्मान दिइने बताउनुभयो ।
संयोजक भट्टराईले नयाा शक्तिले बृहत राष्ट्रिय एकतालाई मजबुद बनाउने बताउादै देशको जातीय, क्षेत्रीय, विविधतालाई सम्बोधन गर्दै हिमाल, पहाड, तराई, मधेशको एकता नभएसम्म मुलुक सभ्य र समृद्ध हुन नसक्ने बताउनुभयो । नयाा शक्तिको शुत्र वाक्य ५ सले मुलुकको सच्चा राष्ट्रियता कायम गर्दै देशलाई समृद्धिको शिखरमा पुर्याउने दाबी गर्नुभयो ।
नयाा शक्तिमा समाहित भइसकेपछि ध्रुवीकरण सभालाई सम्बोधन गर्दै राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक एवं पूर्वमन्त्री देवी प्रसाद ओझाले समस्याग्रस्त नेपाली समाजको टड्कारो आवश्यकता महशुस गर्दै वैकल्पिक शक्ति निर्माणको लक्ष्य पूरा गर्न आफूहरु नयाा शक्तिमा समाहित भएको बताउनुभयो । उहााले पछौटे विचार र संस्कृतिलाई उन्नत संस्कृतिमा लैजान, युवा शक्तिलाई नेतृत्वमा सामेल गरेर नेतृत्व प्रदान गर्न र राजनीतिमा रहेका विकृति र विसंगतिविरुद्ध लड्नकै लागि आफूहरु नयाा शक्तिमा आएको बताउनुभयो ।
नयाा शक्ति पार्टी १ नं. प्रदेश संयोजक पासाङ शेर्पाले संचालन गर्नुभएको ध्रुवीकरण कार्यक्रममा नयाा शक्तिका विभिन्न विभागीय प्रमुखहरु, केन्द्रीय कार्यकारी समिति सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.