सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनीबाट पछि हट्यो मोर्चा

बुटवल । फागुन २४ । मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । राजधानीमा मंगलवार बसेको मोर्चाको बैठकले पछि निर्णय लिने भन्दै समर्थन फिर्ताको चेतावनीबाट पछि हटेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले समर्थन फिर्ता लिएर सरकारलाई कुनै असर नपर्ने भन्दै सोचविचार गरेर पछि निर्णय लिने बताउनुभयो ।
तर यसअघि मंगलवार नै बसेको मोर्चा समेत रहेको संघिय गठबन्धनको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधवार बुझाउने निर्णय गरेको थियो । गठबन्धनका संयोजक उपेन्द्र यादव नै हुनुहुन्छ । गठबन्धनले स्थानीय निर्वाचन गर्ने निर्णय सात दिनभित्र फिर्ता लिन पनि सरकारसँग माग गरेको छ । तर त्यही निर्णयलाई मोर्चाले भने अनुमोदन गरेन । मोर्चाले घटनाको विरोधमा पर्सि २६ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र २७ गते नेपाल बन्द आह्वान गर्ने निर्णय पनि गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.