सप्तरीमा एमाले नेतृत्वको सामुहिक हत्याको सुनियोजित प्रयास भएको एमालेको आरोप, घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्ने

काठमाडौ । फागुन २४ । नेकपा एमालेले सप्तरी घटना संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानव अधिकारका मान्यता विरोधि भएको भन्दै राजविराजमा पार्टी नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयास भएको आरोप लगाएको छ । राजधानीमा मंगलवार पत्रकार सम्मेलन गरेर एमालेले घटनाका दोषीलाइ कडा कारवाही गर्न माग गरेको छ ।
राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षडयन्त्र हो भन्ने कुरा तथ्य र घटनाक्रमले स्पष्ट पारिसकेको उल्लेख गर्दै एमालेले राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउदै उनीहरूको अधिकारमा प्रहार गर्ने जस्ता कानून र मानव अधिकार विरोधी कार्यमा संलग्न हुनेहरूलाई कानूनको दायरामा ल्याउन तथा शान्ति-सुरक्षाको स्थिति कायम गर्दै जनताको जीउ-धनको सुरक्षा सुनिश्चित नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ ।
एमालेको विज्ञप्तिको पुर्ण अंश–
१. यही फागुन २१ गते झापा जिल्लाको काकडभिट्टाबाट उत्साहका साथ शुरु भएको मेची-महाकाली राष्ट्रिय अभियानमा हिजो फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा आइपुग्दा सम्म देखिएको व्यापक जनसहभागिता तथा समर्थनबाट हाम्रो पार्टी अत्यन्त उत्साहित बनेको छ । राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका पक्षमा देखा परेको यो जनलहरप्रति सम्मान व्यक्त गर्दै हाम्रो पार्टी त्यसमा सहभागी जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । कार्यक्रमको सफलताका निम्ति विभिन्न किसिमले सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । सप्तरी जिल्ला समेतका स्थानमा मधेसी मोर्चाद्वारा सिर्जित आतंकपूर्ण र अराजक स्थितिमा पनि सुरक्षाको स्थिति बनाई राख्न अथक प्रयत्न गर्ने पार्टी कार्यकर्ता तथा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिन चाहन्छौं ।
जनताको व्यापक सहभागिताका साथ अगाडि बढिरहेको अभियानमा यही २३ गते राजविराजमा संयुक्त मधेसी मोर्चासम्बद्ध उदण्ड मानिसहरूले बाधा-अवरोध सिर्जना गरी विध्वंशपूर्ण घटना गराएका छन् । अभियान झापाबाट मोरङ हुादै सुनसरीको इनरुवामा आइपुग्दा मधेसी मोर्चाका उच्छृंखल मानिसले अभियानमा संलग्न गाडीमा ढुंगा प्रहार गरेका थिए । तर पनि, हामी संयमका साथ अगाडि बढ्यौं । अभियानप्रति लाखौा जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिाडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झण्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्ने जस्ता क्रियाकलाप गरे । तर पनि हाम्रो पंक्तिले संयमता नै प्रदर्शन गर्यो ।
२. अभियानका कार्यक्रमको तयारीको सिलसिलामा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले फागुन २१ गतेदेखि नै राजविराजमा नेकपा -एमाले) का कार्यकर्ताहरूमाथि आक्रमण गर्ने, तुल-व्यानर च्यात्ने, सामान लुट्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो नगर्न र लोकतन्त्रमा शान्तिपूर्ण एवं बैधानिक रूपमा आफ्ना विचारहरू राख्ने, सभा-सम्मेलन आयोजना गर्ने, संगठन बनाउने जस्ता संविधान प्रदत्त अधिकार र कानुनी शासनको सम्मान गर्न हामीले मधेसी मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरूलाई समेत आग्रह गरेका थियौं । नेकपा -एमाले) को अभियानमा कुनै पनि किसिमको बाधा-व्यवधान हुन नदिन सरकार र प्रशासनलाई समेत आग्रह गरेको थियौं । संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानव अधिकारका मान्यता अनुरूप देशको प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले) ले शान्तिपूर्ण अभियान चलाउादा त्यसलाई विथोल्न धम्की दिने, रोक्नका लागि त्रास फैलाउने, नेता-कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई कालोमोसो दलेर अपमान गर्ने, सवारी साधन तोडफोड गर्ने, ठाउा-ठाउामा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घर-घरमा पुगेर धम्क्याउने जस्ता निन्दनीय कामहरू मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भए ।
कार्यक्रमस्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा बमसमेत राखिएकोमा सुरक्षाकर्मीहरुले निस्त्रिmय पारेका थिए । स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्व निर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटो समेत परिवर्तन गरेका थियौं । तर, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अभियान अन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरे । सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्णर् रूपमा सभा-सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो । अभियानमा सहभागी नेकपा -एमाले) का कतिपय कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् र ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ र आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानव अधिकारका मान्यताको खिल्ली उडाएका छन् । उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम मोर्चाको राजविराजमा तीन जनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरुको जघन्य अपराधिक प्रबृत्ति र कामको कारणबाट भएकोले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।
३. आज फागुन २४ गते फेरि मधेसी मोर्चासम्बद्ध मानिसहरूले राजविराजमा अभियानको सभास्थलमा आगजनी गरेका छन्, सप्तरी र सिरहाको लाहानमा नेकपा -एमाले) का पार्टी कार्यालयमा आगजनी गरेका छन् । सप्तरी स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका छन् । धनुषामा हाम्रा पार्टीका नेता-कार्यकर्तालाई जिल्ला खाली गर्न धम्की दिइएको छ । रौतहटमा नेकपा -एमाले) का कार्यकर्तालाई कालोमोसो दलेका छन् र अरु कतिपय स्थानमा आतंक सिर्जना गर्ने दुस्प्रयास भएको छ । यो सबै नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने, नेपाली जनतालाई आˆनो भाग्य-भविष्यको फैसला आफैा गर्न नदिने षड्यन्त्र हो । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई विथोल्दै बाहृय चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ । मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौा । राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई-मधेसमा फैलाइएका भ्रम नेकपा -एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरुको ज्यान लिइएको छ । शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुनेक्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ । यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दछौा ।
सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहााले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।
४. नेपालको संविधान र लोकतान्त्रिक व्यवस्था अनुरूप २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको र २०७४ साल मंसिर महिनासम्म प्रादेशिक र केन्द्रीय निर्वाचन भइसक्नुपर्ने स्थितिलाई विथोलेर देशलाई अन्योल, अनिश्चय, द्वन्द्व र संकटमा धकेल्ने दुराशयका साथ नेकपा -एमाले) को शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरिएको छ । यस्तो दुराशययुक्त कुकृत्यमा पर्दा हाल्न नेकपा -एमाले) का कार्यकर्ताहरूले मधेसी मोर्चाका मानिसहरूलाई ढुंगा हानेको र नेकपा
-एमाले) को कारण घटना भएको जस्ता दुस्प्रचारको हामी खण्डन गर्दछौं । राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षडयन्त्र हो भन्ने कुरा तथ्य र घटनाक्रमले स्पष्ट पारिसकेका छन् । राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउादै उनीहरूको अधिकारमा प्रहार गर्ने जस्ता कानून र मानव अधिकार विरोधी कार्यमा संलग्न हुनेहरूलाई कानूनको दायरामा ल्याउन तथा शान्ति-सुरक्षाको स्थिति कायम गर्दै जनताको जीउ-धनको सुरक्षा सुनिश्चित गर्न नेकपा
-एमाले) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । राजविराज घटनाको यथार्थ छानविन गरी सत्य-तथ्य सार्वजनिक गर्न सरकार एवं राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गर्दछौं । राजनीतिक दलका शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने कार्यलाई गम्भीर रूपमा लिन र यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गर्न हामी देशका सबै जिम्मेवार राजनीतिक दलहरूलाई आव्हान गर्दछौं । देशको समग्र राजनीतिक स्थितिको गम्भीर विश्लेषण तथा राजनीतिक समीक्षा पश्चात् नेकपा -एमाले) ले विभिन्न समसामयिक राजनीतिक विषयमा आˆना धारणा यथोचित समयमा सार्वजनिक गर्नेछ ।
५. पछिल्लो विकसित परिस्थितिका कारण उत्पन्न संवेदनशीलतालाई विचार गरी हामीले आज फागुन २४ गतेदेखि २५ र २६ गते तीन दिन अभियानको कार्यक्रम स्थगित गरेका छौं । तर, फागुन २७ गते हेटौाडाबाट हाम्रा अगाडिका कार्यक्रम यथावत् सञ्चालन हुनेछन् र तिनको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ । ती कार्यक्रममा उत्साहका साथ सहभागी हुन नेकपा -एमाले) का सदस्य र शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गर्दछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.