चुनाव स्थगित र संशोधन प्रस्ताव पारित गर्न मोर्चाको सरकारलाइ सात दिनको अल्टिमेटम

काठमाडौं,फागुन २५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको चुनाव स्थगित गर्न र संविधान संशोधन प्रस्ताव पारित गरेर आफ्ना माग पुरा गर्न सरकारलाइ सात दिनको अल्टिमेटम दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बुधवार वालुवाटारमा भेटेर मोर्चाले चुनाव फिर्ता लिनुपर्ने सहित पाँच वुंदे माग राखेर अल्टिमेटम वुझाएको हो ।
सप्तरी घटनापछि प्रधानमन्त्रीलाई भेटेका मोर्चाका नेताहरुले बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्नुपर्ने र पहिला केन्द्र र प्रदेशको चुनाव गराउनुपर्ने माग गरेका थिए ।
मोर्चाले सप्तरी घटनामा मारिका व्यक्तिहरुलाई सहिद घोषणा गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न समेत सरकारसँग माग गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका मागबारे सरकारमा सहभागी दलहरुसँग छलफल गरेर निष्कर्ष पुग्ने जानकारी गराउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.