काठमाडौं,फागुन २५ । सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन निर्वाचन आयोगलाइ दिएको छ । प्रतिवेदन अनुसार अव मुलुकमा ७४४ स्थानीय तह रहने छन् । प्रतिवेदन नपाउँदा चुनावको तयारीमा कठिनाइ भएको भन्दै आयोगले छिटो दिन माग गरिरहेका बेला मंगलवार राती सरकारले प्रतिवेदन दिएको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले मंगलवार राति सरकारले प्रतिवेदन उपलव्ध गराएको जानकारी दिनुभयो । प्रतिवेदन प्राप्त गरेसंगै आयोगलाइ मतदाता नामावली अद्दावधिक गर्ने मतदान कन्द्रको तयारी गर्ने लगायतका काम गर्न सहज हुनेछ ।