काठमाडौं, फागुन २५ । प्रमुख तीन दल नेपाली काग्रेस,नेकपा एमाले र माओवादी केन्द्रबीच सप्तरी घटना, स्थानीय निर्वाचन र संविधान संशोधन लगायतका बिषयमा बालुवाटारमा छलफल भएको छ ।
बैठकमा एमालेले सप्तरी घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । मोर्चाको ज्यादतीले सप्तरीमा गोली चलेको र सरकार गम्भिर नभएको भन्दै एमालेले शान्तिपुर्ण सभा गर्न पाउने संवैधानिक अधिकारको ग्यारेन्टी हुनुपर्नेमा पनि जोडदिएको छ ।
बैठकमा सप्तरी घटनापछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।