दीपमा महिला शिक्षक तथा कर्मचारी सम्मानित

बुटवल, फागुन २६।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कुलले विद्यालयमा कार्यरत महिला शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको छ ।
‘महिलाको हक, हित र अधिकार हामी सबैको सरोकार’ भन्ने नारा सहित विद्यालयले महिला शिक्षक तथा कर्मचारीलाई खादा तथा मायाको चिनोद्वारा सम्मानित गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले महिलाको सामाजिक, पारिवारिक, सांस्कृतिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका रहेको र महिलाको काम अनुसार सम्मान र अवसर प्रदान गर्नु पर्ने बताउनु भयो ।
सम्मान कार्यक्रममा विद्यालयका उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा तथा सुरेन्द्र कुमार शाक्य लगायत सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महेश खनालले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.