एमालेको मेचीमहाकाली अभियानमा अहिलेसम्मकै ठूलो जनसभा भैरहवामा (फोटोफिचरसहित )

बुटवल,फागुन २९ । नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश
भट्टराईले आइतबार भैरहवामा भएको वह्त जनसभा अहिलेसम्मकै ठूलो भएको
बताएका छन् । उनले जनआन्दोलको उत्साहपछिको जस्तै भैरहवामा मेचीमहाकाली
अभियानमा जनताको सहभागिता रहेको बताए । प्रेस चौतारी नेपाल रूपन्देहीले
आइतबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै
नेता भट्टराईले शनिबार चितवन र आइतबार भैरहवामा भएका सभाले मेचीकाली
राष्ट्रिय अभियान जनताको लोकप्रिय बनेको दावी गरे । सभामा एक लाख भन्दा
बढी जनताको सहभागिता रहेको बताइएको छ । उनले भने, ‘अनेक प्रतिकूलताबीच
जनता हाम्रो अभियानमा सहभागी भएका छन् । हामी जहाँ गयो त्यही जिल्ला बन्द
भनिएको छ । त्यस्तामा पनि जनताहरु सयौ गाडी हजारौ मोटरसाइकल र लाखौ
हिडेरै अभियानमा जुटेका छन् ।’
‘हाम्रो अभियान हिमाल, पहाड र तराईका अपार जनताको समर्थन छ’ भट्टराईले
भने, ‘रूपन्देहीको अहिलेसम्म भएका १० सभाहरूमा उत्कृष्ट र विशाल भयो । अब
पश्चिमतर्फ हुने सभाहरूमा पनि जनताको सहभागिता बढदै जाने हाम्रो अपेक्षा छ
।’ सचिव भट्टराई आफूहरू सधै चुप लागेर नबस्ने चेतावनी दिए । ‘हाम्रो
अभियानलाई कसैले बिथोल्न खोज्छ भने अब एमाले चुप लागेर बस्दैन । प्रतिबाद
गर्छ । कसैलाई दशा लागेको छ हामीहरूसँग भिडन आउँ । नभए चुपचाप बस ।’
भट्टराईले भने ।
‘हामी मेचीकाली अभियान सकिएपछि प्रदेश नम्बर दुईमा पुन अभियान सञ्चालन
गछौं’ भट्टराईले भने, ‘जनकपुरमा ५ लाख जनता उताछौं । अब सप्तरीमा जस्ता
हामी चुपचाप बस्दैनौं । एमालेले जस्तोसुकै प्रतिबाद र भिडन्त गर्न पनि तयार
छ ।’ भट्टराईले मेचीकाली अभियानपछि दोस्रो भागका रूपमा स्थानीय तहको
निर्वाचनमा पार्टी केन्द्रित हुने स्पष्ट पारे । ‘अभियान सकिएलगतै हामी
पार्टीको गाउँपालिका र नगरपालिका संगठन कमिटी गठन गछौं । त्यसपछि आगामी
वैशाख ३१ गते स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरी
चुनावमा होमिने छौं ।’
सचिव भट्टराईले कञ्चनपुरमा भारतीय सेनाद्धारा हत्या गरिएका गोविन्द गौतमलाई
भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए । ‘लाचार सरकारले आफ्नो देशमा
अर्को मुलुकको सेना प्रवेश गरी जनतालाई हत्या गर्दा समेत सरकार बोल्न
नसक्नु लाचारी प्रवृत्ति हो ।’ भट्टराईले भने ।
कार्यक्रममा प्रचार विभाग उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य सुर्य थापाले
काँकरभित्तादेखि भैरहवासम्म आउँदै मेचीकाली अभियानले ठूलो उचाई प्राप्त
गरेको बताए । थापाले हटौडाको र चितवनको भन्दा एक नम्बर जनताको उपस्थिति
भैरहवा भएको बताए । उनले सरकार संविधान संशोधन गरी प्रदेशको सिमांकन
हेरफर विरूद्ध यहाँ जनताको सहभागिता रहेको बताए|

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.