हिंसा र अपराधमा रमाउने नै मधेशी मोर्चामा;बलिदान गर्न तयार छौं तर, विदेशी हैकमलाई मान्ने छैनौं–खनाल

भूमही। मेची–महाकाली अभियान अन्तर्गत नवलपरासीको भूमहीमा पनि आइतबारै
विशाल सभा भएको छ । भूमहीमा भएको विशाल सभामा पार्टीका नेताहरु वरिष्ठ
नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, छविलाल विश्वकर्मा तथा सत्यनारायण
मण्डल र तुलसी पासीले सम्बोधन गरेका थिए ।
त्यसक्रममा नेता खनालले तराई–मधेशका आम जनतालाई शोषण गरेर अपराधमा
रमाउनेहरु मोर्चामा रहेको र त्यो अपराधीको समूहले सप्तरीमा हिंसात्मक रुप
देखाएको बताए । उनले भने–‘मधेशी मोर्चाका नेताहरु सुण्डमुसुण्ड जस्ता छन् ।’
नेता खनालले एमालेले जे सन्देश दिनु थियो त्यो दिइसकेको भन्दै देश
विदेशमा रहेका सबै नेपाली जनताले एमालेले दिएके सन्देश बुझिसकेको बताए ।
उनले कञ्चनपुरमा भएको घटनाप्रति उल्लेख गर्दै सरकारले सबै जनताको शीर
निहुराइदिएको बताए । राष्ट्रियता, अखण्डता, स्वतन्त्रता, स्वाभिमान नै सबै भन्दा ठूलो रहेको उल्लेख
गर्दै नेता खनालले भने–‘आवश्यक पर्दा हामी सबै जनता बलिदान गर्न तयार छौं
तर, विदेशी हैकमलाई कुनै पनि बहानामा मान्ने छैनौं ।’
सभामा बोल्दै नेता छविलाल विश्वकर्माले सामाजिक सद्भाव र एकताका लागि
एमालेले अभियान सुरु गरेको बताए ।
अर्का नेता तथा पूर्व मन्त्री सत्यनारायण मण्डलले आपराधिक समूहहरु मोर्चाका
नाममा सक्रिय भएको बताए । उनले सप्तरी घटना यसैको उदाहरण रहेको पनि
भन्दै भने–‘मधेशी जनतालाई चुसेर, लासमाथि रोटी सेक्दै हाम्लाई लोकतन्त्रको
पाठ सिकाउने ?प्रश्न गरेका थिए |

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.