अक्सफोर्ड कलेजमा बिदाई

बुटवल, चैत 3। बुटवल सुख्खानगरस्थित अक्सफोर्ड कलेजले बुधबार विद्यार्थीलाई बिदाई गरेको छ । बिबिएस चोथौ वर्षमा अध्ययनरत आठौं व्याचका विद्यार्थीहरूलाई बिदाई गरिएको हो । क्याम्पस प्रमुख मनोज मरासिनीको अध्यक्षता तथा कलेज सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अक्सफोर्ड माविमा प्राचार्य दिनेश भुसाल, शिक्षक भेषराज बञ्जाडे, भेषराज पन्थी लगायतले बोलेका थिए । सो अवसरमा बोल्दै क्याम्पस प्रमुख मरासिनी विद्यार्थी अगाडिको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरुलाई लगनशील भएर आउदो शैक्षिक यात्रालाई उपलब्धीमूलक बनाउन आग्रह समेत गरे । शिक्षक तुलसी भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.