मधेशी मोर्चामा आवद्ध दलहरुले पत्र नै बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिए

काठमाडौ । चैत ३ । संयुक्त मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन । सिंहदरबारस्थित सभामुखको सचिवालयमा पुगेर तराइ मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी, फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। संसदमा तमलोपाका११, सद्भावनाका ५, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३ र फोरम गणतान्त्रिकका १ जना सांसद छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बुधबार नै समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। फोरमका १५ जना सांसद छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.