निर्वाचन सफलताका लागि राजनीतिक सहमति जुटाउन निर्वाचन आयोगको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौ । चैत ४ । निर्वाचन आयोगले चुनावको वातावरण बनाउन राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रवार भेटगरी चुनावको माहोल बनाउन आग्रह गर्नुभएको छ । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारीको अवस्थावारे जानकारी गराउनु भएको थियो ।
भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने स्पष्ट गर्नु भयो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.