सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारणसभा

बुटवल । चैत ४ । बुटवल उपमहानगरपालिका ८ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौ बाषिर्क साधारणसभा आज शुक्रवार सम्पन्न भएको छ ।
विरमान लामाको अध्यक्षता र खानेपानी डिभिजन कार्यालय रुपन्देहीका इन्जीनियर ध्रुव धितालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विजयदेव भुर्तेलले खानेपानीको सर्वसुलभ पहुचका लागि सवै मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो ।
यसैगरी राजेन्द्र ढकाल, महेशमान सिंह, सावित्रा अर्याल, नकुल शाही र रमेश नेपाल लगायतले संस्थाको प्रगती र दायित्व बोल्नुभएको थियो । कार्यक्रमको संचालन जनार्दन गिरिले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.