बुटवल । चैत ४ । होटल ब्यवस्थापन शिक्षामा अव्वल मानिएको विस्डम लुम्विनी कलेजले लुम्विनी अंचल क्षेत्रकै ठुलो केक बनाएर प्रदर्शन गरेको छ ।
होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा सक्रिय कलेजका विद्यार्थीहरुले बुटवलमा ३१ पाउण्डको केक बनाएका हुन । देशप्रेम झल्कनेगरी लुम्विनी र राष्टिय झण्डा समेतको चित्र अंकित केक थुप्रै सर्वसाधारण समेतले उत्सुकतापुर्वक अवलोकन गरेका थिए ।
गुणस्तरीय प्राविधिक शिक्षा र व्यवहारिक सीप अन्तर्गत विद्यार्थीहरुले ६ महिनामा सिकेको सिप प्रर्दशन गर्दै निर्माण गरेको केक कार्यक्रमका अतिथी, सहभागी, विद्यार्थी तथा अभिभावक र बुटवलको जितगढीमा रहेका कुष्ठरोगीहरुलाइ समेत खुवाइएको थियो ।
नेपाल पत्रकार महासघका केन्द्रीय पार्षद केशव भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम कलेजका प्राचार्य सुशील गीरीको अध्यक्षता र संयोजक चिरन अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
त्यसअवसरमा कलेजका प्राचार्य गिरीले दक्ष जनशक्तिलाई रोजगारीको ग्यारेन्टी गरिएको र विभिन्न होटलहरुबाट माग समेत भै आएको जानकारी दिनुभयो । यस्तै विद्यार्थीहरुले आफुहरुले सोचेभन्दा राम्रो व्यहारिक ज्ञान हासिल गरेको पनि बताए । होटल ब्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै व्यवहारिक शिक्षा दिने विस्डम लुम्विनी कलेज बुटवल क्षेत्रकै पहिलो कलेज हो ।
होटल म्यानेजमेन्टका डिप्लोमाका कक्षाहरु समेत संचालन गर्दै आएको कलेजले आफ्ना विद्यार्थीहरुलाई इन्र्टनशिपका लागि चीन तथा मलेसिया पठाउने गरेको छ ।