पर्यटन उद्योगको मान्यता दिए होटलका सबै समस्या समाधान

बुटवल, ६ चैत्र । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएको होटलका धेरे समस्या समाधान गर्न पर्यटन उद्योगका रुपमा मान्यता दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको १७ औं वाषिर्क साधारण सभामा बोल्दै बक्ताहरुले देशको आर्थिक विकासका लागि मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रसंग जोडिएको होटलका समस्या समाधान गर्न सरकारले औद्योगिक ऐन संशोधन गरेर उद्योगका रुपमा मान्यता दिनुपर्ने सुझाव दिएका हुन । जसले गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता पाउने र यसबाट उनिहरुले आवश्यक सहुलियत प्राप्त गर्नसकिने समेत उनिहरुको दाबी छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकार पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले सानो लगानीमा र बिना कच्चापदार्थ उद्यम गर्न सकिने रुपमा पर्यटन उद्योग रहेको भन्दै यो आत्मनिर्भर पेशाका रुपमा समेत रहेको बताए । पर्यटकिय हिसाबले ५ नंम्बर प्रदेश भाग्यमानी रहेको दाबी गर्दै उनले यस क्षेत्रमा पछिल्लो समयमा भैरहेको भौतिक पूर्वाधारको विकासले पर्यटनलाई टेवा पुग्ने बताए । ‘अन्तराष्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय सभा हल, ६ लेन र ४ लेनका सडक सञ्जालले यस क्षेत्रको पर्यटनलाई फाईदा मिल्छ । ‘-उनले भने ।
टुरिष्टि सर्किट, बुद्धिष्ट सर्किट र आन्तरीक सम्बन्ध बढाउने कुराले समेत पर्यटन क्षेत्रको विकासमा योगदान दिने उनले बताए । भारतीय पर्यटकहरुलाई आर्कषित गर्ने गन्त्वय स्थलका रुपमा विकास गर्ने योजना बनाएका छौ । नेपाल ईण्डिया चेम्बर अफ कर्मशको बैठकले भारतीय पर्यटक बढाउने विषयमा माथिल्लो तहमा नै पहल थालेको समेत उनले बताए । भारतसंग पर्यटकिय क्रियाकलाप बढाउन जोईन्ट टुरिसम प्रमसनका तयारी समेत भैरहेको उनले बताए । भारतमा बुद्धिष्ट सर्किटका लागि बनारसी, बोद्धगया र कुशीनगर भएजसरी नै नेपालमा पनि रामग्राम, तिलौराकोट सहित धेरै स्थानहरुको पहिचान गरेर पर्यटकको बसाई लम्ब्याउन सकेमा त्यसबाट पर्याप्त फाईदा लिनसक्ने बताए । अहिले भारतभुमि भएर आउने पर्यटकहरु क्ेवल २ घण्टे घुमाईमा आउने गर्दछन । यो समस्या हल गर्नका लागि टुरिसम गठन भएर अघि बढेको छ । पर्यटकहरुको खर्च गर्ने दरलाई हेर्दा भारत र चिनिया पर्यटकहरुको बढि रहेको पाईएकाले पनि उनिहरुको बसाई लम्याउनेतर्फ पर्यटन ब्यवसायीहरुले प्याकेजका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
प्रदेशको संस्कृति झल्काउने किसिमको हरेक प्रदेशमा एउटा सास्कृतिक होटलको महत्व रहने दाबी गर्दै उनले यस क्षेत्रमा पनि निमार्णका लागि ब्यवसायीहरुलाई जोड दिए । भु-उपयोग नीतिको ईमान्दारीपूर्वक कार्यान्वन भएको खण्डमा संस्थागत पहल भएमा प्रादेशिक संरचनामा गएपछि एउटा संस्कृति होटल निमार्णतर्फ पहल थाल्न सुझाव दिए । सार्वजनिक शान्ति, सुरक्षामा खलल नहुने अवस्थामा रात्री सेवा संचालन गर्न सकिने दाबी गर्दै उनले स्थानिय प्रशासन, उपमहानगरपालिकाले स्वीकृति दिएमा कानुनले बन्देज नलगाएको समेत बताए । बुटवल ५ नंम्बर प्रदेशको पर्यटकिय क्षेत्रहरुमा जाने प्रवेशद्धार भएको भन्दै उनले यहा पर्यटन सेवा केन्द्र स्थापना गर्न जरुरी रहेको समेत बताए । यस आर्थिक वर्षबाट नै विल्डिङ्ग निमार्णका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत उनले गरे ।
कार्यक्रममा संघको वाषिर्क प्रगतिविवरण पेश गर्दै अध्यक्ष समुन्द्र जीसिले राजनीतिक अस्थिरता, बन्द हडताल, राज्यको अवैज्ञानिक करप्रणाली तथा प्रशासनिक समस्याहरुका कारण ब्यवसाय संचालनमा चुनौतीहरु आएको बताए । रुपन्देही जिल्लाको रहेका धार्मिक, ऐतिहासिक, सास्कृतिक एवं पुरातात्विक महत्व बोकेका पर्यटकिय स्थलको संरक्षण, सम्बर्द्धनर विकासका लागि सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढेको समेत बताए ।
कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिह, संघका संस्थापक अध्यक्ष धु्रव कुमार तुलाचन, माधव नेपाल, महेन्द्र श्रेष्ठ, मोदनाथ बेल्बासे, रुपन्देही ब्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसि, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुईटेल, संघका बरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम लगायतले पर्यटनका लागि उवर्र भुमिका रुपमा रुपन्देही रहेको भन्दै सेवाग्राहीको प्रवाहलाई बढाउनेतर्फ योजनाहरु बनाउनुपर्ने सुझाव दिएका थिए । संघमा एक हजार सात सय बढि ब्यवसायीहरु आवद्ध रहेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.