देशलाई नै धुव्रिकरणमा लैजान खोजिएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौ । चैत ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र र सिंगो समाजलाई नै धुव्रिकरणमा लैजान खोजिएको आरोप लगाउनुभएको छ ।
जधानीमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई समेत घेराबन्दी गर्न खोजिएको दावी गर्नुभयो । संक्रमणकालको अन्त्यका लागि चुनाव नै उपयुक्त बाटो भएकाले निकासका लागि ठोस प्रस्ताव ल्याउन अन्य दलहरुलाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले मेची महाकाली अभियानकोक्रममा सप्तरी घटनापछि रोकिएका २ नम्वर प्रदेशका केही स्थानमा छिटै अभियान संचालन गर्ने समेत जानकारी दिनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.