त्यक्ष निर्वाचनमा एक सिट जित्नपर्ने वा तिन प्रतिशत मत ल्याउनुपर्ने गरि थ्रेस होल्ड

काठमाडौ । चैत ९ । लामो समयको बहस र विवादका विच अन्तत ३ प्रतिशतको थ्रेस होल्ड राख्न दलहरु सहमत भएका छन ।
अव निर्वाचनमा भाग लिने दलले राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचनमा एक सिट जित्नुपर्ने छ वा कुल मतको तिन प्रतिशत मत ल्याउनुपर्नेछ ।
लामो समयको अन्योल अन्त्य गर्दै राज्य ब्यवस्था समितिको बुधवारको बैठकले तीन प्रतिशत थ्रेस होल्डको प्रस्ताव पारित गरेको हो ।
राज्य ब्यवस्था समिति अन्तर्गतको उपसमितिको बुधवारको बैठकले ३ प्रतिशतको थ्रेस होल्ड राख्ने सहमति गरेको थियो । साना दललाइ मनाउन एक सिट जित्नेलाइ पनि राष्ट्रिय दलको मान्यता दिने गरी विचको वाटो अवलम्वन गरिएको छ । उक्त सहमतिलाई राज्यब्यवस्था समितिले अनुमोदन गरेको हो ।
संसदको राज्य व्यवस्था समितिले सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा दलहरुबीचको विवाद टुंगाउँदै गरेको सहमति पारित गरेको छ ।
कुल मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्ने थ्रेसहोल्ड राख्यौं, सांसद गंगालाल तुलाधरले जानकारी दिनुभयो । तर साना दलहरुले भने ३ प्रतिशतको थ्रेस होल्डको विरोध गरेका छन । उपसमितिका सदस्यहरू तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले थ्रेसहोल्ड राख्न नहुने फरक मत राखेका थिए ।
बैठकमा एमालेका सांसद रामेश्वर फुयालले ५ प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने अडान लिएका थिए । थ्रेस होल्डबारे दलहरुबीच कुरा नमिल्दा राजनीतिक दल सम्वन्धि विधेयक अघि बढ्न सकेको थिएन ।
यो थ्रेस होल्ड यसपटकको निर्वाचनमा भने लागु हुनेछैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.