नयाँ शक्तिको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ शुरु

९ चैत.काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ बुधवारदेखि सुरु भएको छ । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियान अन्तरगत चैत ९–१३ सम्म देशव्यापी रुपमा सभाहरु हुनेछन् । दिउँसो १२ बजे लहानमा सभा भएको छ । चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुनेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ । चैत १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुनेछ ।

यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय गर्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.