तीन प्रतिशत थ्रेस होल्डको प्रस्ताव संसदमा पेश,साना दलद्धारा संसदमा नारावाजी

काठमाडौ । चैत ९ । राष्ट्रिय दलको मान्यताका लागि तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्तावको साना दलका सांसदहरुले विरोध गरेका छन । राजनीतिक दलसम्वन्धि विधेयकमा राष्ट्रिय दलको मान्यता पाउँन कुल मतको तिन प्रतिशत मत ल्याउनुपर्ने वा प्रत्यक्ष निर्वाचनमा एक सिट जित्नुपर्ने व्यवस्था गरिएपछि साना दलले विरोध गरेका हुन । २२–२३ हजार मत समानुपातिकबाट ल्याएकै भरमा संसदमा पुगेका र मोलमोलाइ गरेर मन्त्रि समेत भएका सांसदहरु थ्रेस होल्डको प्रस्तावबाट अत्तालिएका हुन । उनीहरुले थ्रेस होल्ड राखेर २०१७ साल दोहोराउन खोजिएको,चुनावको वातावरण विगार्न खोजिएको आरोप पनि लगाए ।
ब्यवस्थापिका सांसदको बैठकमा नेकपा मालेमा सांसद सिपी मैनालीले संसदीय प्रणाली र राज्य संचालनमा भएका विकृति विसंगतिका कारण ठुला दल भएको आरोप लगाउँदै ३ प्रतिशतको थ्रेस होल्ड गलत भएको बताउनुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले तीन दल बाहेक अरु नहुने ब्यवस्था गर्न खोजिएको भन्दै थ्रेस होल्ड बहुदलीय प्रजातन्त्र र संविधान विपरित भएको दावी गर्नुभयो । उहाँले ससदमा १० प्रतिशत सदस्य नभए मन्त्रि नबनाउने ब्यवस्था गर्न सकिने तर निषेध गर्न नहुनेमा जोडदिनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद मिना पुनले राजनीतिक अस्थिरता साना दलका कारण नभएको भन्दै तानाशाही प्रवृति बढेको जिकिर गर्नुभयो । संसदीय ब्यवस्थामा दलीय पद्धती नचलेको र गुटले चलेको भन्दै थ्रेस होल्ड नमान्ने बताउनुभयो ।
संसदको बैठक शुरु हुनासाथ सांसद नरसिंह चौधरीले मधेशका मुद्धा सम्वोधन गर्न सरकार गम्भिर नभएको आरोप लगाउनुभयो । त्यस लगत्तै मधेशी मोर्चामा आवद्ध दलका सांसदहरुले आफ्ना माग सम्वोधन नभएको भन्दै बहिस्कार गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.