सीमांकनलाई थाती राखेर अन्य विषयमा सविधान संशोधन प्रस्ताव अघि बढाउने बिषयमा प्रमुख दलहरुबीच छलफल

काठमाडौ । चैत१० । सीमांकनलाई थाती राखेर अन्य विषयमा सविधान संशोधन प्रस्ताव अघि बढाउने बिषयमा प्रमुख दलहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफु चिन जानु अघि नै सकारात्मक सन्देश बनाउन प्रमुख तिन दलसँग र मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावमा एमाले सकारात्मक रहेको बताइएको छ । तर मधेशी मोर्चाले मान्नुपर्ने र चुनावमा जानुपर्ने एमालेको सर्त रहेको छ ।
प्रधानमन्त्री दाहालले सिहदरवार स्थित सभामुखको कार्यकक्ष बिहिवार नेताहरुसँग सीमांकनलाई थाती राखेर अरु विषय अघि बढाउने सहमतिमा पुग्न आग्रह गर्नुभएको थियो ।
यसैगरी प्रधानमन्त्रीले मोर्चाका नेता उपेन्द्र यादवलाइ पनि त्यसबारेमा सहमत हुन आग्रह गर्नुभएको थियो ।
यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तिन दल काग्रेस एमाले र माओवादी बिच पनि सीमांकनलाई थाती राखेर अरु विषय अघि बढाउने सहमतिमा पुग्नेबारे छलफल भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.