जीप दुर्घटनामा स्वर्गद्धारी दर्शनमा गएका एकै घरका चार सहित ६ जनाको मृत्यु

बुटवल । चैत ११ । प्यूठानको स्वर्गद्धारी दर्शन गर्न गएका तीर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युभएको छ । प्युठानको भिंगृ-६ रुमालेमा शुक्रवार बिहान भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
ललितपुरबाट स्वर्गद्वारी दर्शन गर्न गएकाहरु दुर्घटनामा परेको र एकैघरका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नम्बर १४ तिखे देवलका ४५ वर्षका दिनेश बस्नेत, बस्नेतकी श्रीमती ४० वर्षकी पद्मा बस्नेत, २२ वर्षकी छोरी दीक्षा बस्नेत, १३ वर्षकी कान्छी छोरी दिया बस्नेत रहेका छन् । यसैगरी ललितपुरकै २४ वर्षकी सृष्टी बराल र वर्ष ५२ की सुनिता श्रेष्ठ रहेका छन् । चालक सरोज घले, सुशीला बराल, अम्बिका गजुरेलसमेत तीन जना घाइतेलाई उपचारका लागि बुटवल ल्याइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.