उपप्रधानमन्त्री निधि -चीनिया रक्षामन्त्री चाङ भेटघाट

काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटबार्ता भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहा आइपुग्नु भएकाचिनिया रक्षामन्त्री चाङर उपप्रधानमन्त्री निधिबीच शुक्रवार दिउसो गृहमन्त्रालयमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका बिषयमा कुराकानी भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकिकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा पनि छलफल भएको थियो ।
गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनु भयो । भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउादै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता जनाउनु भयो । उहााले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीयाा सहयोग महत्वपूर्ण रहेको बताउादै सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
गत बर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराउनु भयो । त्यस अबसरमा चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउादै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गर्नुभयो । साथै, उहााले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैब सहयेाग गर्ने पनि बताउनु भयो ।
त्यस अबसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.