बुटवल । चैत ११ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग भेटघाट गर्नुभएको छ । भेटमा दुइ देशबीचको हित र आपसी सम्वन्धबारे कुराकानी भएको छ । यसैगरी प्रधानमन्त्री दाहालले ग्वांग्जाओमा नेपाली समुदायसँग समेत भेटघाट गर्नुभएको छ ।
भेटघाटमा त्यहाँ रहेका नेपालीका समस्या र सरकारले गर्नुपर्ने काम कारबाहीबारे छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी गराएका छन ।
एक साता लामो भ्रमणका लागि चीन पुग्नुभएका प्रधानमन्त्री दाहालले शनिवार विहान स्थानीय समय अनुसार नौ देखि साढे दश वजे बोआओ मञ्चमा सहभागी भै सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नुहुनेछ । चीन भ्रमण सकेर प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।