चुनावको सरगर्मी बढ्यो– १७ जिल्लाको मतपत्र छपाइको काम पुरा, ६४ जिल्लामा मतदान केन्द्रको टुंगो,म्यादी प्रहरीमा पनि भर्ना खुल्यो

काठमाडौ । चैत ११ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि हालसम्म १७ जिल्लाको मतपत्र छपाइको काम पुरा भएको जनाएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने, नयाँ संरचनाअनुसार मतदान केन्द्र निर्धारण गर्ने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई तीव्रता दिइरहेको छ । यसैगरी ६४ जिल्लामा मतदान केन्द्रको टुंगो लागेको आयोगले जनाएको छ । चैत २० देखि मतदाता परिचयपत्र छाप्ने समेत आयोगको तयारी छ ।
यता निर्वाचनका लागि आवश्यक ७५ हजार म्यादी प्रहरीका लागि समेत भर्ति खुलेको छ ।
यसैबीच नाममात्रका लागि नभई समावेशिता सुनिश्चित हुनेगरी उम्मेदवार चयन गर्न आयोगले दलहरुको ध्यानाकर्षण गराएको छ ।
निर्वाचनको मिति नजिकिदै जाँदा आयोगले शुक्रवार दलहरुसँग छलफल गरेर नाममात्रका लागि नभई समावेशिता सुनिश्चित हुनेगरी योजना बनाउन आग्रह गरेको हो । त्यसअवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नाममात्रका लागि नभै समावेशि सहभागिता सुनिश्चित हुनेगरी योजना बनाउन आग्रह गर्नुभएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.