बुटवलमा जुत्ता मेला सुरु

बुटवल, ११ चैत ।युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शुक्रवारदेखि बुटवलमा जुत्ता मेला सुरु भएको छ ।
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा चैत्र २५ गतेसम्म चल्ने मेलामा नेपालका बिभिन्न ब्राण्डका ११ वटा कम्पनीका जुत्ता चप्पल बिक्रिका लागि राखिएको छ ।
मेलाको इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीले उदघाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै भण्डारीले नेपाली उत्पादनको प्रवर्द्धन र बजार बिस्तारका लागि मेला महत्वपुर्ण हुने बताउनु भयो ।
उहाले नया औद्योगिक व्यवसाय ऐनमा स्वदेशी उद्योगहरुको प्रोत्साहनका लागि बिशेष व्यवस्थाहरु गरीएको उल्लेख गर्दै त्यसलाई पुर्ण कार्यान्वयनमा ल्याई फाइदा लिन युवा उद्यमीहरुलाई आग्रह गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष खिम बहादुर हमाललेस्वदेशि उत्पादनको प्रवर्द्धन र बजार बिशिष्टिकरणका लागि संघले मेला सहित अन्य चेतनामुलक कार्यक्रमहरु गरीरहेको बताउनु भयो ।
उहाको युवाहरुलाईबिदेश जानबाट रोकेर उत्पादनमुलक क्षेत्रमा लगाउन सके मात्र मुलुककै आर्थिक समृद्धि सम्भव भएको बताउनु भयो ।
संघका पुर्व अध्यक्ष अर्जुनमान सैजुले बुटवलमा युवा उद्यमीहरुको सक्रियता बढ्दै गएको उल्लेख गर्दै युवाहरुको उद्योग व्यवसायमा सहभागिले व्यवसायिक क्षेत्र पनि बिशिष्टिकृत भएको बताउनु भयो ।
नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमा अध्यक्ष हुमनाथ उपाध्यायलेनेपाली बजारमा अहिले करिव ७० प्रतिशत स्वदेशी जुत्रा खपत भइरहेकोमा यसलाई बढाएर शत प्रतिशत पुर्याउदै बिदेशी निर्यात गर्नेउद्धेश्य सहित जुत्ता उत्पादकहरुले अहिले उत्पादको गुणस्तरमा बिशेष ध्यान दिएको बताउनु भयो ।
मञ्चका अध्यक्ष आनन्द वझाको सभापतित्व, सह उपााध्यक्ष सन्दिप कसौधनको सञ्चालन र उपाध्यक्ष सुमोदमान सैजुको स्वागतमा मेला उदघाटन कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.