नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य हुन्नः गृहमन्त्री निधि

धनगढी १२ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ ।
कञ्चनपुर पुर्नबास-८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुग्नु भएका उपप्रधानमन्त्री निधिले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सीमामाथि आाच पुर्‍याउने काम आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।
उहााले कसैले नेपालको सीमामाथि हस्तक्षेप गरे त्यो सरकारलाई स्वीकार्य नहुने प्रष्ट पार्दै भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले गोली प्रहारगरि कञ्चनपुर पुर्नवास-८ का गोविन्द गौतमको मृत्यु भएको घटनाबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसागको भेटमा पनि कुरा उठाएको पनि जानकारी दिनुभयो ।
यसैगरी गौतम पत्नीलाई उपप्रधान तथा गृहमन्त्री निधिले १७ लाख रुपैयाा सहयोग हस्तान्तरण गर्नुभएको छ ।
सरकारले पीडित गौतम परिवारलाई दिने निर्णय गरेको १० लाख रुपैयाा र नेपाली कांग्रेसले दिएको ७ लाख गरि १७ लाख रुपैयाा हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकम बराबरको चेक गृहमन्त्री निधिले गौतमकी पत्नीलाई हस्तान्तरण गर्नुभएको हो ।
गौतमको निधनपछि सरकारले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाा सहयोग गर्ने निर्णय गरेको थियो। कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, कृषि मन्त्री गौरी शंकर चौधरी, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती लगायत नेताहरु सहभागी हुनु्भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.