पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा नयाँ नेतृत्व

काठमाडौ । चैत १३ । नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा दशरथ राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
आज भएको अधिवेसनमा ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा पदम तिमिल्सना र समृद्धि रिजाल र सचिवमा अनिता शाह निर्वाचित हुनुभएको छ । यस्तै सहसचिवद्धयमा श्रद्धा अर्याल र सैलेन्द्र चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा दिपक आचार्य र सदस्यमा मुरारी घिमिरे निर्वाचनि हुनुभएको छ । यस्तै ५ जना केन्द्रीय पार्दष र ६ जना प्रदेश पार्षदमा निर्वाचित हुनुभएको छ ।
केन्द्रीय पार्षदमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । केन्द्रीय पार्सदमा सुरेन्द्र पाण्डे, जगत नेपाल, दिपेन्द्र वान्तवा, विश्वनाथ आचार्य र श्वेता सिन्हा निर्वाचित भएका छन ।
यस्तै प्रदेश पार्सदमा श्यामकृ्ष्ण श्रेष्ठ, छिरिङ लामा सुविन्द्र श्रेष्ठ मृदुला खनाल प्रदीप लेखी दिपराजा उदास सुमन पन्थ र श्रृजना थापा सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक रामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.