पत्रकार आचार संहिता पालना गर्न आग्रह

केशव भण्डारी
बुटवल, चैत १२ । पत्रकारिताको मूल्य र मान्यतालाई बचाउनका लागि पत्रकारहरुले
आचारसंहिताको पालना गर्नुपर्ने सञ्चारसम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् ।
राज्यको चौथौं अंग पत्रकारिताले समाजलाई डोर्‍याउने भएकाले त्यसलाई
अनुशासनमा राख्नका लागि पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन्

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको
समन्वयमा शनिबार बुटवलमा भएको आचारसंहिता र सञ्चारमाध्यमको बर्गिकरण
बिषयक अन्तरक्रिया कार्यक्रममा आचार संहिताको पालना गर्न पत्रकारहरुको
ध्यानाकर्षण गराइएको हो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी
विनोद प्रकाश सिंहले पत्रकार राज्यको चौथौं अंग भएकाले सबैभन्दा बढी
जिम्मेवार र मर्यादित हुनुपर्ने बताए । तुलनात्मक रुपमा रुपन्देहीको पत्रकारिता
अरु जिल्लाको भन्दा राम्रो भएको बताउादै उनले भएका कमजोरीलाई सुधार गर्न
आग्रह गरे । उनले पछिल्लो समय पार्टी पत्रकार र पार्टी पत्रिकाको विकास भएकाले
यसले समाजलाई सहि गतिमा लैजान नसक्ने बताए ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य एंव नेपाल पत्रकार महासंघ काण्ठमाडौंका
अध्यक्ष गोविन्द चौलागाईले पत्रकार आचार संहिताको पालना प्रत्येक मिडिया
हाउसबाट शुरुवात गर्नुपर्ने बताए । उनले पत्रकारहरुले पत्रकार आचार संहिता २०७३
लाई पढेर पालना गरेमा पत्रकारिताको गुणस्तर बढ्ने बताए । उनले पत्रिकाको
बर्गिकरण विज्ञहरुको टोलीबाट गरिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण
चापागाईले पत्रकार आचार संहिताको पालना भएमा पत्रकारिताको गुणस्तर बृद्धि
हुने बताए । महासंघका अर्का पूर्व अध्यक्ष डिआर घिमिरेले पछिल्लो समय
विज्ञापनलाई समाचारको रुपमा प्रकाशन/प्रशारण गर्ने काम भइरहेकाले यसको अन्त्य
गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका उप-प्रसाशकीय अधिकृत मान बहादुर
लामिछानेले पत्रकार आचार संहिताका बारेमा प्रस्तुती दिदै आचार संहिता
उल्लंघन गर्नेलाई काउन्सिलले कारवाहीको दायरामा ल्याउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, मानव
अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, प्रेस
चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, अग्रज पत्रकार मदनलाल पौडेलले
स्थानीय तहको निर्वाचन नजिक आएकाले पत्रकारहरु अझ बढी संवेदनशील हुनुपर्ने
बेला आएको बताए । कार्यक्रममा सहभागीको तर्फबाट पत्रकार विरेन्द्र कुावर,
एनबी कडेलले पत्रिका बर्गिकरणमा विभेद हुने गरेको बताए । नेपाल पत्रकार
महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षता, उपाध्यक्ष दिनेश पाण्डेको
धन्यवाद, सचिव रामप्रसाद आचार्यको सञ्चालन एवं उपाध्यक्ष निरु गौतमको
स्वागतमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.