न्यू भिजन फाउण्डेसनको साधारणसभा

बुटवल, चैत १२ । न्यू भिजन फाउण्डेसन नेपाल बुटवल-१३ बेलबासको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । सोही अवसरमा फाउण्डेसनले निर्माण गरेको भिजन पार्क तथा पितृ उद्दार स्थलको हस्तान्तरण समेत गरिएको छ । बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले हस्तान्तरण गरे । सो अवसरमा बोल्दै लुइटेलले विभिन्न पार्कहरूले विस्तीहरूलाई सुन्दर बनाउाने भन्दै यस्था स्थानहरू आवश्यक रहेको बताए ।
कार्यक्रममा भवन निर्माण दाता नारायण श्रेष्ठ, कपिलवस्तु रुपन्देही सम्पर्क समाजका सचिव शिवलाल भुसाल,मिर्मिरे युवा क्लबका अध्यक्ष शेरजंग गुरूङ, बिहानी मिलन समूहका अध्यक्ष शोभाखर पोखरेल, सल्लाहकार पुरूषोत्तम बस्याल लगायतले बोलेका थियो । सोही अवसरमा भवन निर्माणमा सहयोग पुर्‍याउने तुल्सी खनाल, रामप्रसाद भुसाल, उमलाल बञ्जाडे, बाबुराम अर्याल, इश्वरी रिजाल, सञ्जय बस्नेतलाई सम्मान गरिएको थियो । फाउण्डेसन नेपालका अध्यक्ष नेत्रप्रसाद पन्थीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुसालको स्वागत तथा सचिव कमल खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.