काठमाडौं, चैत १५ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नबनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच भेटघाट भएको छ ।
गृहमन्त्रालयमा मंगलबारदिउासो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । जबाफमा राजदूत पुरीले नेपालको संबिधानसभा निर्बाचनका बेला पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउादै आगामी निर्बाचनमा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।
सो भेटमा गृहमन्त्री निधिले नयाा राजदूत पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गर्नुभयो । राजदूत पुरीले नेपाल-भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो ।