पत्रकार महासघको ६२ ‍ औ स्थापना दिवसमा विभिन्न कार्यक्रम

बुटवल । चैत १६ । नेपाल पत्रकार महासघले ६२ ‍ औ स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । २००८ सालमा स्थापना भएपनि नेपाल पत्रकार सघले २०१२ सालदेखि निरन्तरता पाएको भन्दै चैत १६ गते स्थापना दिवस मनाउने गरिएको छ ।
स्थापनाको ६२ बर्ष प्रवेशको अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले बुटवलमा प्रभातफेरि आयोजना गरेर मनाएको छ । यसैगरी महासघ केन्द्रले केन्द्रिय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान गरेको छ । स्थापना दिवसका अवसरमा अन्य जिल्ला शाखाहरुले पनि कार्यक्रम गरेका छन ।
शुभकामना कार्यक्रममा सभापति महेन्द्र विष्टले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि महासंघको उद्देश्य हासिल गर्नका लागि आफूहरु सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा पुर्व अध्यक्ष होमनाथ दाहाल,पुर्व महासचिव रघुजी पन्त लगायतका वक्ताहरुले राष्ट्रिय हित र पेशागत मर्यादाका पक्षमा पत्रकारहरु एकजुट हुनुपर्नेमा जोडदिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.