स्थानीय तहको निर्वाचन रोकिन्न–प्रधानमन्त्री

बुटवल । चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ ।
चीनको एकसाता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा भन्नुभयो मुलुक निर्वाचनमा गइसकेको छ, अब निर्वाचन रोकिँदैन ।
उहाँले आगामी वैशाख ३१ गते हुने निर्वाचनको वातावरण बनाउन मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै अघि बढ्ने र कतिपय विषयमा एमाले, मधेसी दलहरु र सत्ता साझेदार दलहरुसँग छलफल शुरु गरिहाल्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण पूर्ण सफल रहेको दाबी पनि गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.