भैरहवा, चैत्र १८ । बैशाख ३१ गते हुने स्थानिय निर्वाचनको मिती नजिकदैं जादा रुपन्देही सदरमुकाम भैरहवामा चुनावी चहल पहल तिब्र भएको छ ।
सिद्धार्थनगर पालिकाको नामले परिचीत १३ वटा वार्ड भएको भैरहवामा मुख्यतयाः एमाले, राप्रपा र कांग्रेसबीच त्रिपक्षिय प्रतिसपर्धा हुने देखिएको छ ।
निर्वाचनलाई लक्षित गरी दलहरुले चुनावी अभियान समेत थालेका छन् । यसैबीच २०५६ सालको निर्वाचनमा उपमेयर सहित अधिकांश वार्डमा चुनाव जितेको एमालेले यसपटकको निर्वाचनमा मेयर, उपमेयर सहित सबै वार्डमा कब्जा जमाउने रणनीति सहित अभियान थालकेो छ ।
पछिल्लो समय एमालेप्रति जनताको अभिमत सार्वजनिक रुपमै प्रकट भइरहेको बेला एमाले सिद्धार्थनगरले आसन्न स्थानिय निर्वाचनमा सबै पदमा चुनाव जित्नेगरी तयारी थालेको एमाले नगर अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए ।
यसैबीच शुक्रबार एमाले नगरकमिटीको विस्तारीत बैठक नगर अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य पुस्पान्जली उपाध्ययको प्रमुख आतिथ्यतामा बसी विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले अबको ४ दिनभित्र सिद्धार्थ नगरको १३ वटै वार्डमा पार्टिको प्रचार प्रसार कार्यलय खोल्ने निर्णय गरेको नगर सचिव थानेश्वर पौडेलले जानकारी दिए । पौडेललका अनुसार चैत्र २१ गते वाड नम्बर २ , ७, ८, ११,१२ र १३ मा कार्यलय खोल्ने छ । यसैगरी चैत्र २२ गते वार्ड नम्बर १, ६, १०, वडा नम्बर ३ मा १९ गते भेला र वार्ड नम्बर ४ र ५ मा विशेष तयारीका साथ कार्यलय खोल्नेगरी बैठकले निर्णय गरेको छ ।
यसैगरी बैठकले नगर निर्वाचनलाई एमालको पक्षमा पार्न एमाले जिल्ला सदस्य तथा क्षेत्रिय इन्चार्ज हितराज पन्थिको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन मूल परिचालन समिती समेत गठन गरेको छ ।
बैठककमा एमाले जिल्ला सचिव जागेश्वरी चौधरी, क्षेत्रिय इन्जार्च हितराज पन्थि, जिल्ला सदस्य तथा पुर्व उपमेयर हरिप्रसाद अधिकारी, एमाले जिल्ला पुर्व उपसचिव तथा वडा नम्बर ८ का पुर्व अध्यक्ष राजेन्द्र प्रसाद पन्थि, भरत कुमार पोखरेल, जिल्ला सदस्यहरु पम्फावति खनाल, जिवलाल अर्याल, प्रेम कुमार सेन्चुरी, उमा काफेले, उमा अधिकारी, लालमोहमद पठान, धर्मराज गिरी, चन्द्रकान्त भट्टराइ, क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे लगायतको आतिथ्यता नगर सचिवालय सदस्य थानेश्वर पाण्डे प्रकाशले जानकारी दिए ।