काठमाडौ । चैत १८। विभिन्न देशको डीभी तथा पीआर लिएका ७३ जना सरकारी कर्मचारी मध्ये ३४ जनाले डिभि तथा पिआर त्यागेका छन । यसैगरी २० जना कर्मचारीले सरकारी सेवाबाट राजीनामा दिएर डिभि तथा पिआर स्विकार गरेका छन ।
राज्यब्यवस्था समितिको शुक्रवार बसेको बैठकमा सरकारले यस्तो जानकारी दिएको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार डिभि पिआर बारे जानकारी दिन निर्देशन दिए लगत्तै चार जनाले विवरण नखुल्दै राजीनामा दिएका थिए ।
छलफलमा सांसदहरुले डिभि तथा पिआर लिने कर्मचारी अझै हुनसक्ने भएकाले थप अनुसन्धान गर्न आग्रह गरेका थिए ।