बाबुराम भट्टराई लगायत ५० भन्दा बढी नेता-कार्यकर्ता गिरफ्तार

काठमाडौ । चैत २० । निर्वाचन आयोगले दलीय चुनाव चिह्न नदिएको भन्दै आयोग विरुद्ध धर्नामा उत्रिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल लगायत ५० भन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
निर्वाचन आयोग अगाडि विरोधमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बाबुराम भट्टराई सहित नेता कार्यकर्तालाइ पक्राउ गरेको हो ।
पक्राउ परेपछि पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारको कदम अलोकतान्त्रिक भएको भन्दै कडा विरोध गर्नुभयो ।
पक्राउ परेका भट्टराई लगायतले हिरासतमा पनि धर्ना दिएका थिए । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, मोहन बैद्यको नेकपा क्रान्तिकारी माओवादी लगायत विभिन्न साना पार्टीले आफ्नै चुनाव चिह्न माग गर्दै पार्टीकै चुनाव चिह्न नपाए वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने नदिने चेतावनी दिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.