एमाले बहुमतका साथ पहिलो दलका रुपमा विजयी हुने दावी

काठमाडौ । चैत २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको स्थानीय निर्वाचनमा एमाले बहुमतका साथ पहिलो दलका रुपमा विजयी हुने दावी गर्नुभएको छ ।
एमाले काठमाडौको चुनावी अभियानको राजधानीमा आइतवार शुभारम्भ गर्दै ओलीले काँग्रेसको बैश सकिएको र माओवादी काग्रेसकै पुच्छर समाएर वैतरणी तर्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले काग्रेसलाई स्याउलाको समेत संज्ञा दिदै अव सुर्य आइसकेको छ भन्नुभयो ।
उहाँले निर्वाचनमा काठमाडौ महानगरसहित देशैभरि दुइ तिहाइ भन्दा बढि जित्ने गरि जुट्न पनि कार्यकर्तालाइ निर्देशन दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.