काठमाडौ । चैत २० । नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने सार सहित नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय नै गरी अदालतको फैसला आदेश प्रति आफ्नो असहमती जनाए पश्चात उक्त निर्णयले अदालतको अवहेलना गरेको भन्दै आइतवार मुद्दा दर्ता भएको हो ।
अवहेलना मुद्दा अधिवक्ता हरिप्रसाद मैनाली ले सर्वोच्चमा दर्ता गरेका हुन् । मुद्दाको सर्बोच्च अदालत प्रशासनले उक्त मुद्दाको पेसी चैत्र २२ गते मंगलवारका लागि तोकिएको छ ।