माण्डब्य गोत्रिय समाजको साधारणसभा

बुटवल चैत २१ । माण्डब्य गोत्रिय समाजले देश विदेशमा रहेका सवै माण्डब्य गोत्रियहरुलाइ एकताबद्ध बनाउने निर्णय गरेको छ ।
चितवनको नारायणगढमा सम्पन्न समाजको दोश्रो साधारणसभाले एकता अभियान संचालन गर्ने भन्दै कैलालीको टिकापुरमा रहेको माण्डव्य समाजसँग एकिकरण गर्ने निर्णय पनि गरेको छ ।
सगोत्रीहरुको राष्ट्रिय एकताका लागि अघि बढ्ने निर्णय भएको माण्डब्य गोत्रीय समाज नेपालका गंगाराम भण्डारीले जानकारी दिनुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष किशोर ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा समाजसेवी विष्णु भण्डारी, लक्ष्मीनारायण भण्डारी,समाजका केन्द्रीसय सदस्य तथा पत्रकार केशव भण्डारी, देवी ज्ञवाली, गंगादत्त भण्डारी लगायतले आपसी सम्वन्ध र भातृत्वको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आजिवन सदस्य तथा विशिष्ट सदस्यहरुलाइ सम्मान गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.