पहिरो खसेर सवारीसाधन पुरिदाँ दुई जनाको मृत्यु

काठमाडौं, चैत २१।नारायाणघाट–मुग्लिन सडक खण्डको घुमाउने भन्ने स्थानमा राजमार्गमाथिबाट पहिरो खसेर सवारीसाधनहरु पुरिदाँ दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र ट्यांकरका सहचालक भारत बेतियाका २५ वर्षीय विनयकुमार कोइरी रहेका छन् ।
काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसंगै राना सवार थिए । मोटरसाइल पुरिंदा सन्दीप पनि घाइते भएका छन्, उनलाई उपचारको लागि भरतपुर लगिएको छ । सोमवार बिहान साढे दश बजे एक्कासी पहाडको ढिस्को खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनि ट्रक र एउटा कार पुरिएको गृहमन्त्रालयले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिनु भएको छ । घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुबाट जेसीवी लोडर पठाइसकिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.