काठमाडौ । चैत २३ । सन् १९५० को असमान सन्धिबारे समेत छलफल गर्दै नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा आपसी समझदारीको समीक्षा गर्नुका साथै सीमा, सुरक्षा, जल तथा व्यापार र पारवहनका विषयमा समेत छलफल हुँदैछ । बैठकमा नेपाली पक्षका सदस्यहरुले सन्धी, सिमा, जल तथा उर्जा लगायतका बिषयमा कार्यपत्र प्रस्तुत भएको छ । बैठकमा नेपाली पक्षबाट संयोजक भेषबहादुर थापा सहित निलाम्वर आचार्य, सुर्यनाथ उपाध्याय र राजन भट्टराई सहभागि हुनुहुन्छ ।
भारतीय समूहका संयोजक भगतसिंह कोसियारी सहित महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्त प्रसाद बैठकमा सहभागी हुनुहुन्छ । यसअघि, गत असारमा समूहको पहिलो बैठक नेपालमा र असोजमा दोस्रो बैठक भारतको नयाँ दिल्लीगमा सम्पन्न भएको थियो । समुहको बैठक तीन / तीन महिनामा बस्ने प्रावधान रहेपनि गत पुस र चैत पहिलो साताका लागि तय भएको दुबै बैठक अन्तिम समयमा स्थगित भएका थिए ।