काठमाडौ । चैत २४ । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने निर्णय गरेको छ । माओवादीको विहिवार बसेको हेडक्वाटर बैठकले मधेशी मोर्चाका माग सम्बोधन गरि निर्वाचनमा सहभागि हुने वातावरण बनाउन अहिले ससदमा अघि बढेको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो ।
बैठकले चुनावको समयलाई ध्यानमा राखेर संशोधनको नयाँ प्रस्ताव केहीदिन भित्रै संसदमा लैजाने निर्णय पनि गरेको छ । हालै दलहरुको कार्यदल स्तरमा भएको पाँच बुँदे मस्यौदामा सिमांकन विवाद अधिकार सम्पन्न आयोगबाट टुगों लगाउने प्रस्ताव गरिएको छ । यसैगरी संविधानको धारा २७४ संशोधन गर्ने, नगर तथा गाँउपालिका प्रमुख र उपप्रमुखलाई राष्ट्रपतिको निर्वाचन मण्डलबाट हटाउने तथा स्थानीय तहको संख्या र छुटेका मतदाताको नामावाली थप गर्ने बिषय समावेश गरिएको छ ।