नेपालद्धारा सन् १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव,भारत सकारात्मक

काठमाडौ । चैत २४ । नेपाल भारत प्रबुद्ध समूहको बैठकमा नेपाली पक्षले सन १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव गरेको छ । दुइ दिनसम्म काठमाडौमा बसेको बैठकमा नेपाली पक्षले सन्धिका असमान प्रावधान पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेको हो । बैठक समापनपछि विहिवार आयोजित पत्रकार सम्मेलनमा नेपाली समुहका संयोजक भेषबहादुर थापाले तत्कालीन अवस्थामा गरिएको सन्धिका केही प्रावधान अहिले असान्दर्भिक भएकोबारे नेपालले प्रस्ताव राखेको जानकारी दिनुभयो । नेपालको प्रस्तावमा भारतीय पक्ष सकारात्मक देखिएको पनि उहाँले बताउनुभयो ।
बैठकमा सन् १९५० को सन्धिबाहेक जलस्रोत र व्यापार तथा पारवहनका विषयमा समेत नेपाली पक्षले कार्यपत्र पेस गरेका थियो । भारतीय पक्षले पनि व्यापार तथा पारवहनका विषयमा आफ्नो धारणासहित कार्यपत्र पेस गरेको थियो । बैठकमा दुवै समुहको सहभागितामा सिमा विवाद भएका स्थलहरुको अवलोकन गर्ने सहमति समेत भएको छ । समुहको अर्को बैठक आगामी जेठ १५ देखि १७ गतेसम्म भारतको देहरादुनमा बस्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.